काठमाण्डौ । हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजनामार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गर्दछ।
हरेकपटक आकर्षक उपहारसहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजनासहित नयाँ वर्षको स्वागत गर्दैछ। जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न ‘आयो, पायो, पर्यो, सोयो’ नयाँ रोचक योजना ल्याएको हो।
यस योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता रु. ५० हजार जित्ने मौका, किन्नु अगाडि तखकलभउब।िअयm।लभधथभबच मा दर्ता गरेर रु. ५० हजारसम्म जित्न पाउने अनि नेपालभरि टीभीएसको कुनै पनि बिक्रेताबाट टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले रु. १ लाखसम्मको भारी छुट पाउने छन्। यसका साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर३१० जित्ने मौका पाउनेछन्। साथै, हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर अनि एक्सचेन्जमा मासिक रकम रु. ५९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन्।
टीभीएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटरअन्तर्गत विभिन्न मोडलको बिक्री गरिरहेको छ। टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्रीपछि जेन्युन पार्टहरुको सुविधा दिँदै गरेको छ।
अत्याधुनिक फिचर भएको टीभीएसको एनटर्क, अपाचे सिरिज र हाल समयमा वितरण सुरु भएको इन्डियाको मोटरसाइकल अफ द इयर २०२२ बन्न सफल टीभीएस रेडरले नेपाली बजारमा आफ्नो छाप छोडेका छन्।
नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकले रुचाएको र अहिले टीभीएसको बजारमा माग बढेको हुनाले खुसी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टीभीएसले बिक्रीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य रहेको बताए।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा रुचाइएको टु–ह्विलर ब्रान्ड बनेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago