काठमाण्डौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको   फोर्टी–टु, जावा र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागू हुने गरी न्यू इयर स्किम ल्याएको छ। 

यो स्किमअन्तर्गत क्लासिक मोटरसाइकलप्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा रु. १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन्। यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ। 

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाइएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास पनि गरिएको छ।