काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। 

कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो। कार्यक्रममा संघमा आबद्ध देशैभरिका ७०० भन्दा बढी नाई सदस्यको सहभागिता थियो।

सोही अवसरमा संघमा आबद्ध नाईहरुलाई क्यूआर कोड सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतासमेत भएको छ। सम्झौताअन्तर्गत संघमा आबद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मुकुन्द सुवेदी र संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन्।