काठमाण्डौ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त महावाणिज्यदुत तथा संघका पदाधिकारीहरु बीच आज भेटघाट गरी व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।
छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिब्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक सम्भावना र समस्याहरु बारे जानकारी दिए । संघले तिव्वतका व्यापारिक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढीरहेको कुरा बताए ।
अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्ण रुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध गरे । दुई देश बीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनु पर्ने, चीन सरकारद्वारा ८०३० नेपाली उत्पादनमा प्रदान गरिएको शून्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलीकरणका लागि अनुरोध गरे । साथै नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार नगरिने, दुई देशको भन्सार कोर्डमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको गरिनु आदि प्रक्रियालाई एकरुपमा बनाई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिए ।
छलफलका क्रममा नवनियुक्त महावाणिज्यदुत नवराज ढकालले आफूले दुई देश बीचको व्यापार प्रवद्र्धन तथा समस्याहरु समाधानका लागि प्रयास गर्ने बताए । साथै संघद्वारा प्रदान गरिएका सल्लाह सुझाव अत्यन्त महत्वपूर्ण रहेको र दुई देश बीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवद्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरु मार्फत दुई देश बीचको विविध सम्बन्ध सुद्दृढ गर्नु कुरा बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago