काठमाण्डौ । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए ।
लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा शहरी विकास तथा भवन निर्माण बिभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भीलाई निर्माण गर्न ठेक्का दिएको थियो ।
शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।
उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमणकालीन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद प्रदान गरे । उनले नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा समेत राखे ।
भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago