citizen investment trust
काठमाण्डौ । सरकारले नागरिक लगानीकोषको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने भएको छ ।
अर्थमन्त्रालय अन्तर्गत गठित छनौट तथा सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।
कोषको कार्यकारी निर्देशक पदका लागि योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आइपुग्ने गरी गोप्य आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैंकिंग, बित्तीय, वाणिज्य वा कानून बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग, वाणिज्य, पूँजी बजार वा बैंकिंग क्षेत्रका संस्थाको कम्तीमा व्यवस्थापकीय तह(नेपाल सरकारको राजपत्राकिंत प्रथम श्रेणी, सार्वजनिक निकायको दशौं तह वा सो सरहसम्मको जिम्मेवारी लिइसकेको)वा निजी क्षेत्रको पूँजी बजार सम्बन्धी संस्थाहरुको व्यवस्थापकीय तहमा कम्तीमा १५ वर्षको कार्यानुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्ने बताइएको छ ।
यसैगरी, उमेरको हदमा ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेकोले आवेदन दिन पाउने बताइएको छ ।
छनौट सूचिमा परेका उम्मेद्वारले व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।
आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । अन्य जानकारीका लागि सूचना पढ्नुहोस्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19