काठमाण्डौ । डोल्पाको ठूलीभेरीपछि दैलेखको नारायण नगरपालिकामा पनि एमालेले जितको झण्डा गाडेको छ । 

यो नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित पूरा प्यानलमै जित हासिल गरेको हो । 

एमालेका रत्नबहादुर खड्काले ४७२५ मत ल्याएर मेयरमा जित हासिल गरेका छन् । उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका मणिराम रेग्मीले ४४४७ मत प्राप्त गरे । 

उपमेयरमा पनि एमालेकै उम्मेद्वारले जित हासिल गरे । एमाले उम्मेद्वार सावित्री मल्ल ४८६६ मतसहित उपमेयरमा निर्वाचित भइन् । उनलाई कांग्रेसकी बासना थापाले ४२८५ मतले पछ्याए पनि सफलता हात पार्न सकिनन् ।