काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ शाखा चितवनको नारायणगढस्थित मिलनरोडको लक्की प्लाजामा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन आज शुक्रबार एक कार्यक्रमबीच संस्थाका सञ्चालक समितिका अध्यक्ष विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले गरेका छन्।
यसअघि संस्थाले गत फागुन १२ गते पोखराको चिप्लेढुंगामा चौथो शाखा उद्घाटन गरेको थियो।
यीसँगै देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।
संस्थाको आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरु सञ्चालनमा छन्। निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19