काठमाण्डौ । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ। 

गत भदौमा सुरु भएको यस परियोजना १८ असोजमा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा नारायणी मोडेल माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण सम्पन्न भएको छ। ३८०० भन्दा बढी विद्यार्थीसहितको चितवनको सबैभन्दा ठूलो नमूना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेन्डरी स्कुलमा दैनिक गतिविधिका लागि पानीको अत्याधिक आवश्यकता पर्दछ। 

परियोजनामार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र ८ वटा बबलर फसेट ट्यापसहित दुईवटा यूएफ फिल्टर सिस्टम जडान गरिएको थियो। साथमा डुअल स्पाउटसहित ४ वटा बाटर स्टेसन पनि जडान गरिएको थियो। यस प्रणालीले विद्यार्थी र विद्यालय सदस्यसहित ५०० भन्दा बढी व्यक्तिलाई लाभान्वित गर्नेछ। परियोजनामार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान भएको छ। 

साथमा, बाल क्लबहरु सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको थियो। बाल क्लबका सदस्यहरुलाई स्कुल वास प्रोग्रामबारे तालिम प्रदान गरिएको थियो। 

यस कार्यक्रमको लक्ष्य भनेको नेपाल सरकारले विद्यालयमा रहेको वास इन्फ्रास्ट्रक्चरमा आधारित विद्यालयलाई प्रदान गरिने रेटिङमा विद्यालयलाई ३ ताराको स्ट्याटस प्राप्त गर्न मद्दत पुर्याउनु थियो। त्यसैगरी विद्यालयद्वारा फिल्ट्रेसन प्रणाली मर्मतसम्भारका लागि तालिम पनि दिइएको थियो। 

नारायणी मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले भने, ‘हाम्रो विद्यालय परिसरमा भरपर्दो र दिगो खानेपानी आपूर्ति स्थापना गरेकोमा हामी कोका–कोला बेभरेज नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। हाम्रा विद्यार्थी, शिक्षक र कर्मचारीहरुको जीवनमा परिवर्तन ल्याउनु भएकोमा धेरै–धेरै धन्यवाद। हामी आशा गर्छौँ कि जमिनमा रिचार्ज हुने पानी र आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थीलाई सकारात्मक रुपले फरक पार्नेछ। साथमा समुदायलाई पानीको मामिलामा अहिले र भविष्यका लागि थप लचिलो बनाउनेछ।’

कोका–कोला बेभरेज नेपालका एमडी जी. दीपक सेन्थिल नाथले भने, ‘वाटर स्टेवार्डशिप हाम्रो दिगोपन प्रयासहरुको प्रमुख स्तम्भहरुमध्ये एक हो। नारायणी मोडेल माध्यमिक विद्यालय भरतपुरको समुदायको हिस्सा हो, जहाँ हाम्रो दोस्रो प्लान्ट पनि छ। हामी आशा गर्छौं कि जमिनमा रिचार्ज हुने पानी तथा आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थी दुवैलाई सकारात्मक तरिकाले फरक पार्नेछ। साथमा हाम्रो समुदायलाई पानीका लागि थप लचिलो बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।’

स्प्लास नेपालका एक्जिक्युटिभ डाइरेक्टर प्रदीप खड्काले भने, ‘समग्र परियोजनाले विद्यार्थीहरुलाई सफा पिउने पानीको सहज पहुँच पुर्याउनेमात्र नभई थ्रीस्टार प्रोग्राममा विद्यालयलाई राम्रो नतिजा हासिल गर्न पनि मद्दत गर्नेछ। प्रणाली कायम राख्न विद्यालयले देखाएको प्रतिबद्धता पनि दिगोपनको लागि एक प्रमुख तत्व हो।’