काठमाण्डौ । सांग्रिला डेभलमेन्ट बैंकले नारी दिवसका अवसरमा आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुआत गरेको छ।
यो विशेषगरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि प्रदान गरिएको सुविधा रहेको बैंकले जनाएको छ। यो खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क गरिएको बैंकले जनाएको छ।
यो सेवाअन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने पनि बैंकले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19