काठमाण्डौ । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जसअन्तर्गत बैंकका मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दति निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ। प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजताअनुसार प्रयोग गर्न सक्नेछन्। यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटपजस्ता वस्तु खरिद गर्नका लागिसमेत कार्डको प्रयोग गर्न सकिनेछ।
नबिल एफडी कार्ड योजनाले मुद्दति निक्षेप खातावाल÷ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागिसमेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुविधा प्रदान गरेको छ। यस योजनाअन्तर्गत रु. २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्दति निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ।
यो मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) र क्रेडिट कार्डको अद्भुत विषेशतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मज्जा लिँदै मुद्दति निक्षेपमा ११.०३ प्रतिशतका दरले लोभलाग्दो ब्याजसमेत आर्जन गर्न सक्नेछन्। यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19