काठमाण्डौ । चेम्बर अफ कमर्सले सरकारसँग कोरोना प्रकोपका कारण भएको प्रतिकुुलतासँग लड्न ब्याज छुुट, कर्जा भुुक्तानी अवधिमा सहजतालगायतका मागहरु राखेको छ । 

कोभिड १९को प्रकोपका कारण अर्थतन्त्रमा सृजना भएको प्रतिकूलतालाई सम्वोधन गर्ने वारे कुनेै स्पस्टता नआएकोमा निजी क्षेत्र उत्साहित देखिएको छैन । साथै  वढि प्रभावित क्षेत्रलाई चालु पूँजी थप कर्जा प्रदान गर्ने वारे स्पष्ट व्यवस्थाको  तत्काल सम्बोधन गरिनु पर्दछ ,चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७६ चैत्र महिनामा भूतmानी गर्नु पर्ने मासिक, त्रैमासिक किस्ताहरुको भूतmानी अवधि ३ महिना वढाइनु र समयमा नै भूतmानी गर्ने णीहरुलाई मासिक,त्रैमासिक व्याजको रकममा १० प्रतिशत छुट दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पुर्नकर्जालाई रु. २०० अरव पुर्याउनुपर्ने चेम्बरको भनाइ छ । 

खुद्रा  तथा थोक व्यवशाय उद्योग पर्यटन यातायात,, घर जग्गा, निर्माण, सपिगं मल,सिनेमा हल आदि क्षेत्रहरुमा ऋणात्मक प्रभाव देखिएकोले  अविलम्व दीर्घकालीन पुर्नकर्जा तथा सहुलियत दरको व्याज दरको निर्णय लिई निजी क्षेत्रको  मनोवल वढाउन नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ ।