काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३२ जना ग्राहक सदस्यको सहभागितामा रौतहटको गौरमा तीनदिने ‘व्यावसायिक गाईभैंसीपालन तालिम” आइतबार सम्पन्न गरेको छ ।

तालिममा तीन बाहिरी विशेषज्ञसहित संस्थाका गौर शाखा प्रमुख ओमप्रकाश यादव प्रशिक्षकका रुपमा थिए । संस्थाको सेवासुविधाका बारेमा संस्थाको क्षेत्रीय कार्यालय वीरगन्जका कार्यक्रम अधिकृत राधेश्याम साहनीले सहभागीलाई जानकारी दिएका थिए।

एक परिवारमा एकजना उद्यमी बनाउन पहल गरिरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको छ । यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेकोसमेत साहनीले बताए ।

यो संस्था सातवटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीयकार्यालय र केन्द्रीयकार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आइरहेको छ ।