काठमाण्डौ । निजी क्षेत्रले तामझामका साथ स्वागत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटले निर्यातजन्य उद्योग तथा व्यवसायको समस्या सम्बोधन नगरेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् ।
निर्यातमूलक उद्योगहरुसँग सम्बन्धित ११ वटा संस्थाहरुले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आफ्ना कुरा नसुनेको र निर्यात बढाउने आकर्षक नीति समाहित बजेटमा निर्यातमूलक उद्योगका मागहरु नै छायाँमा पारिएको आरोप लगाएका हुन् ।
नेपाल हस्तकला महासंघ, नेपाल पश्मिना उद्योग संघ, नेपाल रेशम संघ, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल हाते कागज संघ, नेपाल जडीबुटी तथा जडीबुटी उत्पादक संघ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ, नेपाल निर्यात परिषद, नेपाल ऊनी वस्तु विकास संघ र नेपाल चिया उद्योग संघले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा छिमेकी मुलुकहरुको बस्तुभन्दा १५ देखि १८ प्रतिशतसम्म नेपाली निर्यातजन्य बस्तुहरु महङ्गो भएको र बिशेष गरी नजिकैको समुद्रसंगको दुरी लामो भएको हुँदा ढुवानी लागतको भार बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
छिमेकी मुलुकहरुमा औसत १० देखि १५ प्रतिशतका दरले निर्यातमा नगद अनुदान दिईदै आएको परिप्रेक्षमा पछिल्लो समयमा घोषणा गरिएको ३ देखि ५ प्रतिशतसम्मको नगद अनुदान पनि हालसम्म उपलब्ध नगराइएको उनीहरुको गुनासो छ ।
छिमेकी मुलुकहरु सरह निर्यातमा नगद अनुदान दिने व्यवस्था हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
सहुलियतपूर्ण कर्जाको व्यवस्था हुनुपर्ने माग गर्दै उनीहरुले चालु पूँजीमा४.५ प्रतिशत ब्याजदर सहित पुर्नकर्जा उपलब्ध गराउनुपर्ने र यस कर्जाको समयावधि नवीकरण १ बर्ष कायम हुनुपर्ने माग राखेका छन् । यस्तै, स्थीर पूँजीको कर्जा लगानीमा पनि सहुलियत ब्याजदर अर्थात् ३ प्रतिशत ब्याजदर कायम गरी सोको भुक्तानी अवधि ७ बर्ष कायम गरिनुपर्ने, निर्यात प्रवद्र्धनका लागि सोही उद्योग परियोजना मात्र धितो राख्ने व्यवस्था हुनुपर्ने, थप धितोको बन्देज खारेज हुनुपर्ने, बैंक तथा बित्तिय संस्थाहरुद्वारा आफ्नो कर्जा लगानीको १० प्रतिशत हिस्सा निर्यात क्षेत्रसंग सम्बन्धित उद्योगमा लगानी गर्नुपर्ने माग समेत गरिएको छ ।
उनीहरुले गरेका अन्य माग बुँदागत रुपमा हेर्नुहोस्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19