Nepal Army
                                    काठमाण्डौ । नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ ।
ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्नाका साथै पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले जानकारी गराएको छ ।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नाका साथै बाँकी रहेका केही जिल्लामा मतपत्र ढुवानी कार्य गरिरहेको छ ।
नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भएअनुसार हालसम्म देशका विभिन्न ५३ कारागार र २३ वटा विमानस्थलको सुरक्षार्थ फौज तैनाथ भइसकेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19