काठमाण्डौ । मदिरा उत्पादकहरुले लकडाउनका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरी मदिरा बिक्री कक्षहरु खोल्ने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 

नेपाल पेय पदार्थ संघले एक विज्ञप्तिमार्फत सरकारसँग यस्तो आग्रह गरेको हो । 

कोरोना भाइरस प्रकोपको अवस्था नेपालको तुलनामा कैयौ गुणा बढी रहेका भारतका प्रमुख शहरहरुमा समेत मदिरा बिक्री कक्षहरु खुलाइसकिएको छ । तर, नेपालमा भने जोखिम कम हुँदा समेत सरकारले आर्थिक गतिविधि खुलाउन ध्यान नदिइरहेको अवस्थामा पेय पदार्थ संघले यस्तो माग गरेको हो । 

संघले लकडाउनका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई समेत मध्यनजर गरी तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरी निश्चित समय तोकी मदिराका बिक्रीकक्षहरु खोल्न दिनका लागी नेपाल सरकारलाई अनुरोध गरेको हो । 

‘निरन्तरको बन्दाबन्दिले देशको अर्थतन्त्रमा गम्भिर किसिमको नकारात्मक असर त परेको छ नै यसका अतिरिक्त खुद्रा पसल संचालन गरी जिंविकोपार्जन गर्नुपर्नें व्यवसायीहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको भनी संघद्वारा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पेश गरिएको पत्रमा उल्लेख गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘हालको बिषम परिस्थितिका कारण दजर्नौ मदिरा उद्योगहरु, हजारौको संख्यामा रहेका बिक्रीकक्षहरु समेत बन्द अवस्थामा नै रहेका छन । देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा करिब दुई लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी तथा अप्रत्यक्ष समेत गरी लगभग आठलाख जतिलाई प्रदान गरिरहेको यो क्षेत्र बन्द भईरहदा यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।’ 

मदिराजन्य उद्योगहरुको कुल कारोबारको लगभग पचास प्रतिशत कारोबार सरकारले बजेट घोषणा गर्नु भन्दा लगभग तीन महिनाअघि अर्थात चैत्र, बैशाख र जेष्ठ महिनामा हुने गरेको तर निरन्तरको लकडाउनका कारणले यस क्षेत्रका उद्योग उच्च जोखिममा परेका र यही बेला औपचारिक व्यवसायहरु बन्द रहेको भएतापनि अनौपचारिक क्षेत्रबाट करोडौ लिटर अस्वस्थकर रुपमा अवैध मदिराहरु घरदैलोमा उत्पादन भई बिक्रि वितरण भईरहेकातर्फ समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

‘अबैध रुपमा उत्पादन र विक्री वितरण गरिएका मदिराहरु जुन जनस्वस्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपुर्ण रुपमा रहेको र यसले कुनै पनि समयमा जनस्वास्वाथ्यमा गम्भिर असर पार्न सक्ने प्रति जानकारी समेत गराएको छ । असहज परिस्थितिको फाईदा उठाउदै औपचारीक क्षेत्र ध्वस्त हुने तर अबैध र अनौपचारीक क्षेत्रले प्रश्रय पाउँदै जाने परिस्थितलाई चिर्नु हामी हामी सबैको कर्तव्य एवं जिम्मेवारी हो ।’ संघले भनेको छ । 

खुद्रा पसल खुले पनि मदिरा समेत बिक्रि गर्ने खुद्रा पसल खुलेको अबस्थामा पनि ती बिक्रि कक्षहरुबाट समेत मदिराजन्य पदार्थ बिक्र गर्न रोक लगाइएको कारणबाट बियर, वाईन जस्ता मदिराजन्य बस्तुहरुको निश्चित उपभोग मिति हुने र यस्ता बस्तु पनि बिक्री हुन रोक लगाईदा सोबाट सृजित हुने नोक्सानी अकल्पनीय हुने समेत पेय पदार्थ संघले मन्त्रालयलाई जानकारी गराएको छ ।