काठमाण्डौ। गुरु पूर्णिमाका अवसरमा भोलि असार २९ गते नीमा एकेडेमी ई–लर्निङ एपले शैक्षिकसत्र २०७९ को प्रारम्भिक चरणमा डिजिटल सिकाइका अफरहरुसहित मनसुन अनलाइन एडुफेस्ट गर्ने तयारीमा जुटेको छ।

मनसुन अनलाइन एडुफेस्ट नाम दिएको उक्त ज्ञान मेला डिजिटल माध्यममा एक हप्तासम्म चल्नेछ। नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित विशेषगरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरुको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ। 

विद्यार्थीलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहारसहित उपलब्ध गराइने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यसका साथसाथै नीमा एकेडेमीले आगामी दिनमा अफर, योजना, सदस्यता सुविधा र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउने पनि जनाएको छ। 

विशेषगरी मनसुन अफरअन्तर्गत शिक्षार्थीलाई कक्षा १ –१० सम्मका जुनकुनै पाठ्यक्रमको वार्षिक प्याकेज खरिद गर्दा ३०% सम्मको छुटको व्यबस्था गरेको छ। नीमा एकेडेमीका अनलाइन कोर्सका  विषयवस्तु÷पाठ्यक्रम शिक्षण सामग्री– ई–पुस्तक, भिडियो, खेल, हाजिरीजबाफ, असाइनमेन्ट र एनिमेसनमा आधारित छन्। 

नेपाली बजारमा भौतिक रुपमा प्रदर्शनी, मेला हुने गरे पनि डिजिटल माध्यम त्यसमा पनि अनलाइन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ प्रयास मानिनेसमेत कम्पनीले अवगत गराएको छ।