काठमाण्डौ । नेः नेपाल आजबाट स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ।
नेः नेपालमा ३५ जना फरक कलाशिल्पी र अन्य महिला आबद्ध छन्। उनीहरुद्वारा उत्पादित हस्तकलाका विविध उत्पादनहरु नेः नेपालले प्रवर्द्धन गर्ने काम गर्दै आएको छ।
नेपाली कलाकर्मीहरु लाई सुदृढ बनाउने अवसर प्रदान गर्दै अगामी दिनमा उनीहरुले बनाएका वस्तुहरुलाई अझै परिस्कृत बनाउन सक्षम होउन् भनेर प्राविधिक ज्ञान र विशेषज्ञता प्रदान गर्न नेः नेपाल प्रयासरत छ।
स्थापनाको एक वर्ष पूरा हुँदै गर्दा आजैका दिन ललितपुरको झम्सीखेलमा नेः नेपालकोे नयाँ स्टोर खुलेको छ। उक्त स्टोर सुन्दर वृक्षको फेदमा विभिन्न उच्च कलाशिल्पको सजावटसहित सुसज्जित रहेको छ।
अहिले नेः नेपालसँग ५ वटा उत्पादनहरु रहेका छन्। जस्तै– वेनेस, गरगहना, टेवल क्लथ गृह सजावटका सामान र उपहार सामग्री र यी सबै सामान विःशुद्ध नेपालको उत्पादन हुन।
नेः नेपालका संस्थापकहरुमा इसु र तुल्जा रहेका छन्। उनीहरुले मिलेर ३ वर्षअघि नेः नेपालको अवधारण ल्याएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19