काठमाण्डौ । नेचर सुपर मार्केट प्रालिको तेस्रो शाखा भक्तापुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको अधिकारीटोलमा खुलेको छ।
एक कार्यक्रमबीच सोमबार वडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं कलाकार दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन्। गत वर्ष कात्तिकदेखि काठमाण्डौको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडीबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो।
व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव सँगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ।
शाखा शुभारम्भका अवसरमा नेचर सुपरमार्केटले खाद्यान्न तथा ग्रोसरी सामानमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए। छुट अवधि १ महिनासम्म जारी रहनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19