काठमाण्डौ । नेपालका प्रमुख पोल्ट्री व्यवसायहरु पोखरा हिमालयन फुड्स, भट्टराई पोल्ट्री र पालुङ पोल्ट्री फिशरी फार्मले स्वैच्छिक रुपमा आफ्ना उत्पादनहरुमा ‘सोया फेड प्रोडक्ट’ भनेर उल्लेख गर्न सुरु गरेका छन्।
‘राइट टु प्रोटिन’ले सुरु गरेको यो जनस्वास्थ्य पहल हो। ‘राइट टु प्रोटिन’ले २०२२ मा नेपालमा ‘सोया फेड’ पहल सुरु गरेको हो। पशु–प्रोटिन उत्पादन गर्ने किसानहरुले आफ्ना उत्पादनको गुणस्तर बढाउनका लागि आफूले पालेका पशु, कुखुरा वा माछालाई सोयाबिनयुक्त खाना दिने गरेका छन्। लेबलमा ‘सोया फेड’ उल्लेख गरिएको उत्पादनले उपभोक्तालाई आफूले उपभोग गरिरहेका माछा र मासुलाई सोयाबिनयुक्त खाद्य पदार्थ खुवाइएको पशुपन्छी वा माछाबाट प्राप्त भएको हो भनेर ढुक्क हुनसक्छन्। यस्ता उत्पादनबाट सोयाको उत्कृष्ट एमिनो एसिड प्रोफाइल र राम्रोसँग पाचन हुने एमिनो एसिड जसले उपभोक्ताको वृद्धि विकासमा मद्दत गर्छ।
पोखरा हिमालयन फुड्स प्रालि, भट्टराई पोल्ट्री प्रालि र पालुङ पोल्ट्री फिशरी फार्म प्रालिका अध्यक्ष तथा नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव आशीष भट्टराईले भने, ‘नेपालको पोल्ट्री क्षेत्रको प्रख्यात नाम भएकाले हाम्रो आफ्ना उपभोक्ताप्रतिको दायित्व ठूलो छ। हामी हाम्रो ब्रान्ड भरपर्दो र पारदर्शि होस् भन्नेमा प्रतिबद्ध छौँ। हामीलाई विश्वास छ ‘सोया फेड’ लेबलले जनावरको दानामा उच्च–गुणस्तरको सोयाबिनको महत्त्वलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ। यसले उपभोक्ताले गुणस्तरीय प्रोटिनयुक्त खाना प्राप्त गर्न सक्छन्। यो सकारात्मक छन्।’
‘हामीलाई थाहै छ, हामी जे खान्छौँ अन्ततः त्यस्तै हुन्छौँ। त्यसैले उच्च–गुणस्तरको सोयाबीनयुक्त खाद्यपदार्थ खान पाएका पशुपन्छीको मासुबाट मात्रै कुनै पनि व्यक्तिले गुणस्तरीय प्रोटिन प्राप्त गर्नसक्छ। नेपालका प्रमुख पोल्ट्री व्यवसायीहरूद्वारा ’सोया फेड’ उत्पादन लेबल अपनाउनु भनेको नागरिकहरूलाई उनीहरूको खाना छनौटहरू बारे थप सचेत गराउने दिशामा एक कदम हो। यो साझेदारी विशेष गरी महत्त्वपूर्ण छ किनभने अप्रिल २०२३ लाई हामीले विश्वभर ‘सोया’ महिनाका रुपमा मनाइरहेका छौँ’, अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिल, दक्षिण एसिया र सब–सहारा अफ्रिका र ‘राइट’ को समर्थक –यूएस सोय सस्टेनेबिलिटी र मार्केटिङका प्रमुख दिबा गियानोलिसले भने।
‘हामीले ‘सोया महिना २०२३’ मनाउँदै गर्दा ‘राइट टु प्रोटिन’ले सबै उद्योगलाई एकसाथ सोयाबिनलाई ‘सुपर फिड’ र ’सुपर फुड’ का रुपमा नविन तरिकाबाट प्रयोग गर्दै आमसर्वसाधारणलाई पनि यो विषयमा सूसुचित गराउँदै आफ्नो दैनिक खानामा प्रशस्त मात्रामा प्रोटिन खपत गर्न उत्प्रेरित गर्न आग्रह गर्दछौँ’, गियानोलिसले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19