काठमाण्डौ । ग्राहकहरुलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरु प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक सीजीनेटेले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत कम्पनीले रु. १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु. ११५४ प्रतिमहिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ। 

कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोस्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन्। ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै ऋन्ल्भ्त् ले यो नयाँ पोस्टपेड योजना ल्याएको हो। ‘पहिले सेवा पछि पैसा’को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ। 

यो नियमित प्रिपेड प्लानहरुभन्दा सस्तो छ। जसले मासिक रुपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेजबराबरको सेवासुविधा प्रदान गर्छ। यसका साथै फिर्ता गरिने गरी रु. २५०० को धरौटीबाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।  

इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रुपान्तरण गर्ने प्रयासमा सीजीनेटले प्रयोगकर्ताहरुका लागि पहिले कहिल्यै नसुनेका लाभहरुसहित पोस्टपेड योजना ल्याएको छ।

यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरु प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो। नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सीजीनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक छ।