काठमाण्डौ । काठमाण्डौको मुटु मानिने रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम सञ्चालनमा ल्याएका छन्।
रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघर का नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुइँतलामा शोरुम रहेको छ। एकै छानामुनि विभिन्न ब्रान्डका नयाँ–नयाँ मोडेल तथा डिजाइनका जुत्ता–चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटीएम सुजका सञ्चालक प्रमोदकुमार महत्तोले बताए।
उक्त शोरुममा केटीएम शु, भेनस शुज, बोस शुज, बेम्बो शुज तथा हिमानी लेडिज शुजका उत्कृष्ट उत्पादनहरु रहेका छन्। उक्त जुत्ता शोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ। यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिएको छ।
सीधै आफ्ना उप्पादनहरु उपभोक्तासामु पुग्ने हुनाले उपभोक्ताका सुझाव तथा गुनासोलाई पनि ध्यान दिई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ।
स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आमउपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नका लागि एकै छानामुनि ‘सेभ टाइम सेभ मनी’ भन्ने नारा लिई उक्त शोरुम सञ्चालनमा आएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19