काठमाण्डौ। ललितपुरको सातदोबाटोस्थित खुमलटार हाइटस्थित प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ।
गत जेठ ८ का दिन र्आबीडीपी कार्यक्रमका लागि International Baccalaureate (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेसनल स्कुल अब पूर्ण रुपमा आईबी कन्टिन्युम स्कुलका रुपमा स्थापित भएको छ।
आईबीले विश्वभरका १५९ भन्दा बढी देशमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी), डिप्लोमा कार्यक्रम (डीपी) र करियर सम्बन्धित कार्यक्रम (सीपी) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ। वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी ४ मुख्य कार्यक्रममध्ये न्यूनतम ३ मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ। केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आईबी पीवाईपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो आईबी वर्ल्ड स्कुल हो।
त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्यान्डस्थित आईबीबाट मान्यता प्राप्त भएपश्चात कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि आईबी एमवाईपी कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एकमात्र स्कुल हो। हाल यस स्कुलले आईबीका प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी) र डिप्लोमा कार्यक्रम (डीपी) गरी ३ मुख्य कार्यक्रम प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलका रुपमा स्थापित भएको छ।
त्यस्तैगरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ औँ र १२ औँ कक्षाका विद्यार्थीका लागि सबैभन्दा कठिन प्रि–युनिभर्सिटी कार्यक्रमहरुमध्ये एक मानिने नयाँ आईबीडीपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ। यी तीन आईबी कार्यक्रमहरुले विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने छ। जसकारण विद्यार्थीहरु लिडरका रुपमा अघि बढी विश्वभर जिम्मेवार नागरिकको पहिचान बोकी यस संसारलाई योगदान पुर्याउन सक्षम हुनेछन्।
प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि एउटै विद्यालयको छत्रछायाँमा आईबीको सम्पूर्ण कार्यक्रमहरु उपलब्ध हुनेछन्। विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेसनल स्कुलकी संस्थापक पवित्रा लिम्बु भन्छिन्, ‘प्रिमियर इन्टरनेसनल स्कुलले प्राप्त गरेको आईबी कन्टिन्युम स्कुलको उपलब्धिसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ।’
नेपालमा आईबी कार्यक्रम भित्र्याएर शैक्षिक क्षेत्रमा अग्रगामी सावित भएको प्रिमियर स्कुलमा आईबी कन्टिन्युम स्कुलको आगमनले यसको उपलब्धिहरुको सूचीमा एक नयाँ आयाम थपेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago