काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनर ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरुमार्फत युवाहरुको बाइकिङ प्रतिको जोश मनाउने गरेको छ।
स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनर ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्य बटुलन सफल भएको छ। ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइड सहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ।
परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरुमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यसपटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याउने भएको छ।
फागुन ११ गते बिहीबारबाट सुरु हुने अपाचे ओनर ग्रुप (एओजी) को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्। यात्रा २१ दिन लामो हुनेछ। पहिलो दिन काठमाण्डौबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।
मानिस र मेसिनबकीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरु पनि समावेश छन्। कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका छन्।
काठमाण्डौबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौलहुँदै काठमाण्डौमा आएर सम्पन्न हुन्छ। राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरुको भेट हुनेछ र राइडर्सहरु विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरुले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन्। यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिब फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिब गतिविधिहरुका साथै गिगहरुमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिब पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ।
माक्र्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन्।
टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ। यी राइडहरु काठमाण्डौ, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए। अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
एओजी, अपाचे बाइक भएका राइडरहरुको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रहरुका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago