काठमाण्डौ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी) नामक फोरमकोगठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरुमार्फत युवाहरुको बाइकिङप्रतिको जोशको उत्सव मनाउने गरेको छ।

स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस्ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरु बटुलन सफल भएको छ। ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइड सहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेकोछ। परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरुमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याउने भएको छ।

फागुन ११ गते बिहीबारबाट सुरु भएको अपाचे ओनरस्ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्। यात्रा २१ दिन लामो हुनेछ। पहिलो दिन काठमाडौं बाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।

मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरु पनि समावेश छन्। 

कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए।

काठमाण्डौबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौलहुँदै काठमाण्डौमा आएर सम्पन्न हुन्छ। राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरुको भेट हुनेछ र राइडर्सहरु विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरुले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन्। 

यस राइडका क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिब फेस्टिभल हुनेछ। जहाँ विभिन्न बाइकिब गतिविधिहरुका साथै गिगहरुमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिब पोसाक र प्रविधिहरुको प्रदर्शनी गरिनेछ। 

मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन्। अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ।

टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ। यी राइडहरु काठमाण्डौ, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए। अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टीभीएसलाई बोर्डले विज्ञापन र पीएसएमार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एओजी, अपाचे बाइक भएका राइडरहरुको समुदाय हो। जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाव बाँड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रहरुका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरुको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ।