काठमाण्डौ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आईपी टीभीको सेवा सुरु गरेको थियो। नेपालको पहिलो प्रिमियम आईपीटीभी एचडी आईटीभी, डीटीएच र टेरेस्ट्रियल (टी२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस्ड भएका कारण यो आईपीटीभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आईपीएल एचडी क्वालिटीमा हेर्न सकिनेछ। 

यस्तै अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि आफूले चाहेको समयमा हेर्न सकिनेछ। 

लाइभ टीभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरु र रमाइलो टीभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिन्दूरको र आनन्दीसँगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्टस टीभी, गुन्जन, सिने हिट्स, जुनियर टीभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता डिसहोमका एक्सक्लुसिभ च्यानलहरुलगायत २०० भन्दा बढी टीभी च्यानल, ५ हजार घन्टाभन्दा बढी विभिन्न कन्टेन्ट, भिडियो अन डिमान्ड, क्याच–अप टीभी/स्टार्ट–ओभर टीभी, युट्युब, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ। 

इन्टरनेट प्रोटोकल (आईपी) नेटर्वकमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनका लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ। ग्राहकले आफ्नो नजिकैको डिलर दाइकोमा वा डिसहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर एचडी फाइबरनेट जडान गरी नेपालको पहिलो प्रिमियम आईपीटीभी एचडी आईटीभीमा एक्सक्लुसिभ, प्रिमियम, एचडी टीभी च्यानलहरुको मज्जा लिन सकिनेछ। 

डिसहोमका ग्राहकले डीटीएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने कम्पनीले विश्वास लिएको छ।