काठमाण्डौ । नेपालपे क्यूआर सार्वजनिक भएको ६ महिनायता पहिलोपटक असोज महिनामा नेपालपे क्यूआरको प्रतिमहिना कारोबार रु. १ अर्बभन्दा बढी पुगेको छ।
यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा ४ लाख २५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेका छन्। कारोबार रकम तथा मर्चेन्टको संख्याअनुसार यस उपलब्धिलाई एक महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ।
नेपालपे क्यूआर नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डको पूर्वाधार हो। क्यूआर स्किमका रुपमा समेत उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ।
बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा ४ लाख २५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध छन्। त्यस्तै सबै वाणिज्य बैंक, प्रायःजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ र वालेटहरुबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।
मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्। भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ। हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेसन पनि केही बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराइरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19