काठमाण्डौ । युरोपेन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा भाजुरत्न एग्रो प्रालिले बिक्रीबितरण सुरु गरेको छ।
नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५एचपीदेखि १०० एचपीसम्मको रेन्जमा टु ह्विल तथा फोर ह्विल दुवै अप्सनमा उपलब्ध छन्।
कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न स्किमहरु आह्वान गरेको छ। जसमा स्पट फाइनान्सको सुविधा, सरल ब्याज, महिनाको ब्याज छुट, २ वर्ष अथवा २ हजार घन्टासम्मको सम्पूर्ण सेडुल्ड सर्भिसिङको सामान निःसुल्क उपलब्ध र २ वर्ष वा २ हजार घन्टासम्मको वारेन्टी रहेका छन्।
आकर्षक लुक्स तथा बलियो यस ट्रयाक्टरमा विभिन्न आधुनिक फिचरहरु रहेका छन्। जसमा पावर स्टेरिङ, तेलमा डुबेको डिस्क ब्रेक, ड्राई टाइप एयर फिल्टर, १२ बाई १२ सिंकक्रोमेस गियर, हाई ट्रक र हाई लिफ्टिङ क्यापसिटी रहेका छन्।
नेपालमा बाहिरी प्रविधि तथा उच्च कोटीको ट्रयाक्टरको लाइनमा सस्तो तथा उचित मूल्यमा विभिन्न सुविधासहित यस एभेन्जर ट्रयाक्टरले प्रवेश गरेको छ। बिक्री सुरु गरिएको केही सातामै राम्रो बिक्री तथा बुकिङ धमाधम भइरहेको कम्पनीले जनाएको छ।
यसका साथै ट्रक्याक्टर चलाइरहेका ग्राहकबाट राम्रो फिडब्याक आइरहेकोले उत्साहित बनाउनुका साथै दायित्व पनि बढेको महसुस भइरहेको कम्पनीको भनाइ छ। बिक्रीपछिको सेवालाई विशेष ख्याल राख्दै स्पटमै गएर सेवा दिने तथा सर्भिस र पार्टपुर्जाको वितरणमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19