काठमाण्डौ । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ।
क्रेन एक अमेरिकी ब्रान्ड हो। जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणका लागि विश्वव्यापी रुपमा ३१ ग्लोबल ब्रान्डका रुपमा प्रख्यात छ। क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बेबी’ लन्च गरेको छ । यो लाइनअपमा बच्चाको बेडिङ, नर्सरी डेकोर, प्लस टोईका साथै अरु उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्। यसले नयाँ अभिभावकलाई छनौट गर्न १०० बढी उत्पादनका विकल्प प्रदान गर्दछ। क्रेन बेबीका उत्पादनहरु स्टाइलिस, गुणस्तरीय र इकोफ्रेन्ड्ली छन्।
नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले दरबारमार्गमा आईएमएस लिटिल स्माइल्स शोरुमको अनावरण गरिएको थियो । यसका साथै क्रेन भारतका प्रतिनिधिहरु पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअपमा ग्राहकले विभिन्न छुट र उपहारको मज्जा लिन सक्नेछन्।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आईएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै– डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डीजेआई, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago