काठमाण्डौ । हङकङ आईप्रो टेक्नोलोजी कम्पनी लिमिटेडले भीएस ग्रुप प्रालिलाई आईप्रोेको नेपालमा फिचर फोन तथा स्मार्ट फोनको एकमात्र आधिकारि आईप्रो मोबाइल फोन वितरक बनाएको छ।
नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोन साथै स्मार्ट फोनहरु भित्रिएका छन्। आईप्रोका फिचर फोनको बिक्रीवितरण सन् २०१७ जुलाईदेखि प्रारम्भ भए पनि आईप्रोको आधिकारिक रुपमा बिक्रेता थिएन।
भीएस ग्रुप नेपाल र हङकङ आईप्रोबीच साझेदारी भएलगत्तै आईप्रो मोबाइल फोनको आधिकारिक बिक्रेता भीएस ग्रुपले फेरि थप नयाँ स्मार्टफोनका मोडलहरु लिएर आएको छ। आईप्रोका विभिन्न मोडेलका फोनहरु बिक्री गर्दै आइरहेको भीएस ग्रुपले बजारको मागलाई हेरेर नयाँ मोडेलहरु लिएर आएको हो।
अब अहिले आउन लागेको नयाँ मोडेलहरु एस२००एम, एस१००, ५०१एप्लस, वाई१०० छन्।
आईप्रो विश्वको एक चर्चित फोन उत्पादन गर्ने कम्पनी हो। जसको विश्वव्यापी रूपमा आफ्नो विभिन्न बजेट अनुकूल फोनहरुले राम्रो मार्केट लिएको छ। सन् २०२० देखि २०२१ सम्ममा हेर्दा आईप्रो मोबाइलको माग बढिरहेको पाइएको छ। आईप्रो मोबाइल नेपालमा बजेट श्रेणीमा राम्रो ठाउँ पाउन सफल भएको छ।
आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इन्डोनेसिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको बताइएको छ। कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ।
भीएस ग्रुपले देशभर आफ्नो सर्भिस सेन्टर स्थापना गर्न सफल भएको छ। जसका कारण नेपालका सबै प्रदेशमा आईप्रो मोबाइल कस्टमरलाई मर्मत सहज भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago