काठमाण्डौ । मेटाले एचटीटीपुल बाई एल्फलाई नेपालमा आधिकारिक बिक्रेताका रुपमा नियुक्त गरेको छ।
यो नियुक्तिसँगै एचटीटीपुल बाई एल्फद्वारा स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टमा विशेषज्ञता प्रदान गर्न योग्य हुनेछ।
विश्वभर मेटाको सेल्स टिमका रुपमा मेटाका आधिकारिक बिक्रेताहरुले प्रतिनिधित्व गर्छन्। मेटाको आधिकारिक बिक्रेता बन्नका लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीका लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ।
एल्फ ‘ एचटीटीपुल बाई एल्फ’को होल्डिङ कम्पनी हो। सन् २०१८ देखि यो कम्पनीले आधिकारिक बिक्रेताका रुपमा आबद्ध भई मेटाको विकासमात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ता र साना–मध्यम व्यवसायलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ।
एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्यपूर्वी युरोप र एसिया–प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग सक्रिय रुपमा काम गरिरहेको छ।
‘नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा एचटीटीपुल बाई एल्फले विज्ञापनकर्ताका लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्याएको छ’, एचटीटीपुल बाई एल्फका प्रबन्ध निर्देशक सन्नी नागपालले भने, ‘हामी विभिन्न क्षेत्रमा कार्यशाला र तालिम प्रदान गर्दै विज्ञापनकर्तालाई नयाँ सीप सिक्न र मेटाको प्लेटफर्मबाट अधिकतम लाभ लिन सक्षम बनाउन पाउँदा गर्व गर्छौं।’
मेटा प्लेटफर्मसम्बन्धी व्यापक जानकारी र अनुभव बोकेको एचटीटीपुल बाई एल्फ मेटाका तर्फबाट प्रत्यक्ष प्रतिनिधि बनी मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवा विज्ञापनकर्ताका लागि उत्कृष्ट रुपमा प्रदान गर्न सक्षम छ। यसबाहेक काठमाण्डौमा स्थानीय उपस्थितिका साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरुमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरुमा सहायता र सुझा व प्रदान गर्दछ। त्यसका साथै देशको आधिकारिक मुद्रा नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्दछ।
‘एचटीटीपुल बाई एल्फलाई मेटाको आधिकारिक बिक्रेताका रुपमा नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौँ। कम्पनीको मेटा प्लेटफर्मसम्बन्धी उत्कृष्ट अनुभव र विशेषज्ञताका साथ हामी स्थानीय व्यवसाय र एजेन्सीहरुको विकास तथा वृद्धिमा सहयोग प्रदान गर्नेछौँ’, मेटाका एपीएसीका लागि इमर्जिङ मार्केट्सका निर्देश जोर्डी फोर्निजले भने।
फेसबुक® मेटा इन्कद्वारा दर्ता गरिएको ट्रेडमार्क हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19