काठमाण्डौ। पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ।
कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेसनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औँ शोरुमको उद्घाटन गरेको हो। पानासोनिक लाइफ सोलुसन्स इन्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(ईसीएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो। ईसीएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ।
अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज र्याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको वढ्दो आकर्षणलाई मध्यनजर गर्दै शोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ।
कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिएको छ। पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाण्डौका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रुपमा काम गर्ने कम्पनीको दाबी छ।
पानासोनिक लाइफ सोलुसन्स इन्डियाको साझेदार नेपालस्थित रुक्मणी इन्टरनेसनलका आदित्य बुधियाले भने, ‘रुक्मिणी इन्टरनेसनल पानासोनिक लाइफ सोलुसन्स इन्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ। प्यानासोनिक लक्जरी किचेन्स एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको माग पूरा गर्नेछ। हामी यसका ब्रान्डका लागि ठूलो अपेक्षासाथ आएका छौँ।’
पानासोनिक लाइफ सोलुसन्स इन्डिया विगतमा एंकर इलेक्ट्रिकल्स प्रालिका रुपमा रहेको थियो। पानासोनिक होल्डिङ कर्पोरेसन जापानको पूर्ण स्वामित्वको सहायक कम्पनी हो।
भारतभरि उपस्थिति रहेको यो विद्युतीय निर्माण सामग्री उत्पादन र समाधानका लागि एक विश्वसनीय ब्रान्ड हो। जसले वायरिङ उपकरणहरू स्वीच, केबुल, सकेट र सोसँग सम्बन्धित आवश्यक उपकरण, स्विच गियर, कन्टक्ट पाइप र बक्स, सोलार प्रविधि, इन्भर्टरलगायत उत्पादन गर्छ। आवासीय र व्यावसायिक प्रकाश, एलओटी एन्ड होम अटोमेसन, फ्यान, वाटर हिटर, ईभी इन्फ्रास्ट्रक्चर, चार्जर, मोड्युलर किचन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटीएस) र लुगा सुकाउने प्रविधि उत्पादन गर्छ।
भारतमा कम्पनीको बैंगलोरमा अनुसन्धान र विकास केन्द्रसहित २७ वटा शहरमा २९ कार्यालय रहेका छन् भने १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ। जसमा भारतमा सातवटा अत्याधुनिक उत्पादन इकाइहरु छन् र गुणस्तरीय अत्याधुनिक विद्युतीय उत्पादन उत्पादन गर्छ।
विद्युतीय निर्माण सामग्रीमा उत्कृष्ट ब्रान्डमध्ये एकका रुपमा मान्यताप्राप्त पानासोनिक लाइफ सोलुसन्स इन्डियाले विद्युतीय, नवीकरणीय र आवासीय समाधानमा व्यावसायिक, औद्योगिक र घरेलु समाधानमा आफूलाई अग्रणी संस्थाका रुपमा पहिचान बनाउन सफल भएको छ। पानासोनिकको मोड्युलर किचेन व्यवसाय १९६३ मा जापान मा सुरु भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago