काठमाण्डौ । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुआत गरेको छ। 

विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ। 

यामाहा एरोक्स १५५ मा  लिक्विड कूल्ड इन्जिन रहेको छ। जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ। यसको १५५ सीसीको “आर” डीएनए इन्जिनले १५पीएस पावर दिन्छ। जसले राइडरहरुलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ। अगाडिको एलईडी हेडलाइटहरुले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडी छन्। जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ। 

एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पिडोमिटर, आरपीएम र भीभीए सूचकहरु प्रदर्शन गर्दछ। जसले सवारहरुलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ। स्कुटरमा यामाहा वाई–कनेक्ट जडित छ। जुन सवारको स्मार्टफोनमा सम्बन्धित एपमार्फत जडान गर्न सकिन्छ। यसले सवारहरुलाई मर्मतको समय, खराबीका सूचनाहरु, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुरा ट्रयाक गर्न सहज बनाउँछ। 

स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। यसले धेरै उन्नत प्रविधिहरु पनि प्रदान गर्दछ। जस्तै भ्यारिएबल भल्भी एक्युसन (भीभीए), इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप–स्टार्ट गर्ने विधि र परिष्कृत सुरक्षाका लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेक। एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरुले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ। जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ। 

यामाहा एरोक्स १५५ तीन फरक रङमा उपलब्ध छ– रेसिङ ब्लु, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याकको मूल्य रु. ४ लाख ७४ हजार ९०० रहेको छ। यसलाई ग्राहकले यामाहाको आधिकारिक शोरुमहरुबाट किन्न र बुक गर्न सक्नेछन्।