काठमाण्डौ । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। 

इनोभेसन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रुपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको छ। प्रयोगकर्तालाई सुपथ मूल्यमा नवीनतम प्रविधियुक्त एवं फ्ल्यागसिप फिचर भएका स्मार्टफोन उपलब्ध गराउँदै आएकोले रियलमी नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्डहरुमध्ये एक हुन सफल भएको छ।

आन्तरिक स्रोतका अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१% सेटहरुमात्र मर्मतका लागि आएका थियो। जसले रियलमीका स्मार्टफोनहरुको गुणस्तरतालाई प्रमाणित गरेको छ।

२०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो +, रियलमी  ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईम सहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरु बजारमा आएका थिए। 

त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरु रियलमी १० प्रो+ ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ। यी फोनहरु उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए। यी सबै स्मार्टफोन मोडलहरु ग्राहकहरुले निकै रुचाएका थिए। यसले निरन्तर रुपमा उच्च गुणस्तरका स्मार्टफोनहरु उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ। र यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ। जसले गर्दा झन धेरै उपभोक्ताहरुले भ्यालु फर मनी स्मार्टफोनहरु प्रयोग गर्न पाउनेछन्। वर्षको अन्त्यसम्ममा ग्राहकहरुले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन्।

आफ्ना ग्राहकहरुले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नका लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

यसबारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी ब्रान्ड विश्वव्यापी रुपमै उच्च गुणस्तरीय स्मार्टफोनहरु उत्पादन गर्न प्रतिबद्ध छ। नेपाली ग्राहकहरुको माया र विश्वास  पाउनु र उहाँहरुको गो–टु स्मार्टफोन ब्रान्ड हुन पाउँदा हामीलाई गर्व लागेको छ। हामी हाम्रा हरेक काम ग्राहकलाई ध्यानमा राखेर गर्दछौँ र उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनुमात्र नभएर हाम्रो कम्पनीको मूल मान्यता पनि रहेको छ।’

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भने, ‘हामी ग्राहकलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहनेछौँ र उहाँहरुको विश्वास जित्न र कायम राख्न कडा मेहेनत गरिरहनेछौँ।’

रियलमीले नेपालमा एक मजबुत ग्राहक सेवा पूर्वाधार बनाएको छ। जसमा आधिकारिक सर्भिस सेन्टरहरुका साथ साथै देशभरका ग्राहकलाई चुस्त र छरितो सेवा प्रदान गर्न भरपर्दा विज्ञहरुको नेटवर्क समावेश छ। यससँगै रियलमीमा चौबीसै घन्टा उपलब्ध रहने ग्राहक सेवा टोली पनि रहेको छ। जसमार्फत ग्राहकले सजिलैसँग आफ्नो समस्याहरु समाधान गर्न सक्नेछन्।