काठमाण्डौ। फेसबुकको मूल कम्पनी मेटाले नेपालमा एचटीटीपुल बाई आलेफलाई आफ्नो आधिकारिक बिक्री साझेदारका रुपमा चयन गरेको छ। 

सोल्टी होटलमा आइतबार सम्पन्न एक समारोहमा मेटा र एचटीटीपुल बाई आलेफले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी यो घोषणा सार्वजानिक गरेका थिए। कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरु, विभिन्न व्यवसायका शीर्ष अधिकारीहरु र डिजिटल मिडिया पेसेवरहरुसहित विविध उद्योग र पृष्ठभूमिका लगभग २०० सहभागिता थियो। 

नेपालमा मेटाको अधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापनदाता र एजेन्सीहरुलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस–बोर्डर बिलिङ र अन्य मेटा उत्पादनहरुमा आवश्यक सहयोग प्रदान हुनेछ।

एचटीटीपुल बाई आलेफ मेटाको आधिकारिक बिक्री साझेदारीका रुपमा १८ भन्दा अधिक बजारहरुमा आफ्ना अध्ययन र उत्पादनहरु प्रयोग गरी  तत्परताका साथ प्रयोगकर्तालाई परिणाम दिइरहेको निश्चित इतिहास छ। नेपालमा पनि एचटीटीपुल बाई आलेफले सीधा सम्पर्क बिनाका साना तथा ठूला प्रयोगकर्ता र विज्ञापनदातालाई मेटाले प्रदान गरिरहेको अधिक्तम उत्पादनहरु, एपहरु र सेवाहरुको फाईदा लिन सक्षम पार्नेछ।

डिजिटल प्रयोगकर्ताको बढ्दो र विकासशील वातावरणमा नेपालमा डिजिटल विज्ञापनको उन्नत अवसर छ। जसमा पहिले नै ब्रान्डहरुले क्षेत्रीय बजारहरु जितिरहेको छन्। यसको अतिरिक्त, गतिशील रुपमा बढ्दो ई–कमर्स बजार र डिजिटल रुपमा परिपक्व अनि विकसित सम्भावनाका रुपमा नेपालमा एग्रिगेटर साइटहरु, भुक्तानी साधनहरु र ई–कमर्स प्रदायकहरु पहिले नै अगाडि छन् र अन्य ई–कमर्स व्यवसायहरुको उदयलाई सक्षम बनाउँदैछन्। 

बढ्दो डिजिटल एजेन्सीको दृश्य धेरै व्यावसायिक छ। जसले स्थानीय बजारमा मात्र नभई अभियान व्यवस्थापन, प्रचार प्रबन्धन, सल्लाहकारी सेवाहरु र परामर्श सेवाहरु पनि निर्यात गर्दछ।

काठमाण्डौमा स्थानीय रुपमा सञ्चालन गर्दै आएको एचटीटीपुल बाई आलेफको आज नेपालमा बलियो टोली छ। यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरुका लागि आधिकारिक र राष्ट्रिय दुवै भाषामा सेवा र समर्थन प्रदान गर्न उत्कृष्ट प्रविधि र प्रक्रियाहरु प्रयोग गर्छ। 

अझ विज्ञापनकर्ताले खुसी हुनुपर्ने कुरा के छ भने एचटीटीपुलले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने बाटो जोडिदिएको छ। जसले व्यवसायीहरुलाई कारोबार गर्न सजिलो बनाउनेछ।

कार्यक्रमले डिजिटल विज्ञापनको संसारमा अग्रणी रहेका उद्योगीहरुबाट अमूल्य अन्तदृष्टि जस्तै– नयाँँ रणनीति, उत्कृष्ट अभ्यास र वास्तविक जीवन अध्ययनहरु प्राप्त गर्ने अनौठो अवसर प्रस्तुत गर्यो। 

एचटीटीपुल बाई आलेफका प्रबन्ध निर्देशक सन्नी नागपालले भने, ‘एचटीटीपुल बाई आलेफ नेपालका लागि आधिकारिक पुनर्बिक्रेताका रुपमा विज्ञापनदाताहरुलाई आन्तरिक सहयोग र मार्गदर्शन प्रस्तुत गर्नेछ। हामी विज्ञापनदाताहरुलाई नयाँ सीपहरु सिक्न मद्दत गर्ने र मेटाले प्रदान गरेको सुविधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशाला र प्रशिक्षण प्रदान गर्नेछौँ।’

समारोहमा आलेफका तर्फबाट एचटीटीपुलका प्रबन्धक टोली र पाँच स्थानीय उद्योग विशेषज्ञले डिजिटल विज्ञापनमा नेपालको उज्ज्वल भविष्यलाई लिएर आफ्नो गहन छलफल, ज्ञान र अन्तरदृष्टि साझा गरे।

अन्त्यमा अधिकृत बिक्री साझेदारीसहितको पहिलो चरणको यो कार्यक्रम नेपालका विज्ञापनकर्ताहरुका लागि एउटा महत्त्वपूर्ण कोसेढुंगा थियो।

अधिकृत बिक्री साझेदारीसहितको पहिलो चरणको यो कार्यक्रम नेपालका विज्ञापनकर्ताका लागि एउटा महत्त्वपूर्ण कोसेढुंगा थियो। एचटीटीपुल बाई आलेफ नेपालमा मेटा कम्पनीको विस्तारित बिक्रेता हो। जसले माझौला विज्ञापनकर्ता र एजेन्सीलाई स्थानीय सहयोग, रणनीतिक दिशा र विशेषज्ञतालाई प्रदान गरेर उनीहरुको व्यापारिक लक्ष्यहरुलाई साध्य गराउनेछ। 

कार्यक्रमले डिजिटल विज्ञापनमा नवीनतम प्रवृत्ति र आविष्कारमा बहुमूल्य अन्तदृष्टि प्रदान गर्यो र उपस्थितहरुको सकारात्मक प्रतिक्रियाले यसको सफलताको प्रमाण दिन्छ। 

दुई ठूला संस्थानहरुको संयुक्त विशेषज्ञताको साथ मेटा र एचटीटीपुल बाई आलेफ विज्ञापन उद्योगमा विकास,  वृद्धि र नवीनता जारी राख्न तयार छन्।