काठमाण्डौ । ‘बेला’ को जनकपुरमा दोस्रो सोरुम खुलेको छ ।

सोरुमको उद्घाटन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरेका छन् । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेशमा बिक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए ।

होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज यहाँ नयाँ शाखा उद्घाटन मात्र भएको छैन, मधेसका बासिन्दाहरुसँग हामी जोडिन गइरहेका छौं’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौं ।’

सीईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर  सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको पनि बताए । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा गौरवानुभूति हुने छ’, उनले भने ।

देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उनले बताए । उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसला दिन पनि आएको बताए । 

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको यूरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले नेपालमा रोजगारीको सृजना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे । 
बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ प्रकारका सामानहरु उपलब्ध रहेको बताए । 

बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा लोकप्रिय छन् । उक्त ब्राण्डमा टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयोगका सामग्री छन् । नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको सो अवसरमा जानकारी दिइयो । कम्पनीमा करिब ४५० जना कार्यरत  छन्  ।