काठमाण्डौ ।केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ ।

भारततीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) ले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ ।

त्यस्तै, अन्य ७३ वटा सञ्चारमाध्यमहरूले पनि केडिया इन्टरनेशनलले नेपालमा पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको समाचार सार्वजनिक गरेका छन् ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला गरिसकेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्सका लागि बुकिङ खुल्ला गरेको हो ।

हाल एम्पीयरका विद्युतीय स्कुटरहरू काठमाण्डौको टेकुस्थित शोरुममा उपलब्ध छन् । कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने योजना रहेको बताएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि एम्पीयरको सोसिएल मिडिया प्लाटफर्ममार्फत् स्कुटर बुक गर्न सक्नेछन् भने बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटर घरमै लिएर आउने छन् ।

कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा गर्न पनि अनुरोध गरेको छ ।