काठमाण्डौ। नेपालमै पहिलोपटक मुलुकको प्रतिष्ठित व्यावसायिक घराना दिवार गोल्छा कर्पोरेसनअन्तगतको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडबाट नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको सुरुआत भएको छ। उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्रान्डमा बिक्रीवितरण गर्ने जनाएको छ।
गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरी उत्पादन गरिने भएको हुनाले साधारण ग्याल्भनाइज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधी क्षमता ३ गुणा बढी हुने भएकोले गल्भाअलुम कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने उद्योगले दाबी गरेको छ।
गल्भाअलुम रंगीन कर्कटपाता हुलास ड्युराकलरको ब्रान्डमा उपलब्ध हुनेछ।
नेपालमा पहिलोपटक अस्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याइएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने उद्योगले जनाएको छ। हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाताहरु नेपाली बजारमा कम्पनीकै डिलरहरु, डिपो तथा शाखा कार्यालयहरुमा उपलब्ध हुनेछ।
हुलास स्टिल इन्डस्ट्रिज सन् १९८१ मा स्थापना भई नेपालमा पहिलो टक जापानिज प्रविधिमा गुणस्तरीय कर्कटपाता उत्पादन प्रारम्भ गरेको र सन् १९८९ मा नेपालमा पहिलोपटक रंगीन कर्कटपाताको उत्पादन प्रारम्भ गरी ४ दशकदेखि नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ। नेपालमा हुलास गल्भाअलुम र हुलास ड्युराकलर रंगीन कर्कटपाताको उत्पादनले विगत ३ दशक अगाडिको उत्पादन र अहिलेको विश्व मापदण्डअनुसारको उत्पादनमा गर्व गर्न लायक रहेको कम्पनीले जनाएको छ।
हुलास स्टिलले कालो पाइप, जीआई पाइप, इलेक्ट्रिक पोल, सट्टर र डेकिङ प्रोफाइल्ससमेत उत्पादन गरी नेपाली बजारमा बिक्रीवितरण गर्ने गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago