काठमाण्डौ। काठमाण्डौको मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले शनिबार होटेल एम्बेसेडरमा एक समारोह आयोजना गरी ‘बीसीएसआईटी’ नामक नयाँ कार्यक्रम घोषणा गरेको छ। 

शिक्षा क्षेत्रमा विगत २१ वर्षदेखिको अनुभव रहेको केएफएले विश्व जगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको हो। ‘भिजन बियोंड द बक्स’ भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्रअन्तर्गत एमबीए  प्लस र बीएचएम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। 

यस संस्थाले लिंकन विश्वविद्यालयअन्तर्गत ९ स्तम्भसहितको नयाँ बीसीएसआईटी कार्यक्रम नेपालमै पहिलोपटक ल्याएको जनाएको छ। 

विभिन्न आईटी वा कोर्पोरेट कम्पनीहरुसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यावहारिक ज्ञानका लागि एकैपटक दुई प्राध्यापकको नीति, विद्यार्थीलाई सर्टिपÞmाइड आईटी तालिम, व्यवस्थापनसम्बन्धी विभिन्न  क्र्यास कोसहरु, विभिन्न व्यावसायिक सीप विकाससम्बन्धी तालिम, जागिरको अवसर वृद्धिका लागि व्यवस्था, आईटीसम्बन्धी विकासका लागि चिरपरिचित व्यक्तित्वसँगको आईटी बहसजस्ता ९ स्तम्भीय बीसीएसआईटी कार्यक्रमले विद्यार्थीलाई कुनै पनि कम्पनीमा आईटीसम्बन्धी काम गर्न सक्षम बनाउने विश्वास केएफएले लिएको छ। 

नेटवर्किङका साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रविन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ। संस्थाले +२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि यस बिषयको माग र सम्भाव्यतासम्बन्धी जानकारी दिन निःशुल्क सेमिनार आयोजना गर्ने घोषणासमेत गरेको छ। उक्त सेमिनारको  रजिस्ट्रेसन भने खुला भइसकेको छ। सेमिनार वा अन्य जानकारीका लागि ०१–४४९१४१४ सम्पर्क गर्न सकिनेछ।