काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। 

यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुँदै आईपीओे जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ। यो सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने क्यापिटलले जनाएको छ।

विशेषगरी यो सेवा Agriculture, Hydropower, Hotels and Tourism, Healthcare Services, Textile/Apparel, Trading and Manufacturing, Mineral Based, Fintech, Pharmaceuticals, Energy, E-Commerce, Construction and Hospitality Sectors लगायत प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरुले लिन सक्ने छन्।  

कुनै पनि कम्पनी स्थापनकालदेखि आईपीओ जारी गर्ने अवस्थासम्म पुर्याउनु आफैँमा एउटा लामो प्रक्रिया हो। क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै रुपमा आईपीओ जारी गर्ने अवस्थामा पुर्याउन महत्वपूर्ण सहयोग गर्दछ। 

एनआईसी एसिया क्यापिटलको मार्गदर्शन, सहयोग र सहकार्यले गर्दा कुनै पनि कम्पनीलाई सफल कम्पनीका रुपमा स्थापित गराउने क्रममा आइपर्ने हरेक कोसेढुंगाहरु सरल र सहजताका साथ हासिल गर्न मद्दत गर्दछ। क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाले सम्बन्धित कम्पनीको सेवा तथा व्यावसायिक प्रकृतिको गहन अध्ययन अनुसन्धान गरी उक्त कम्पनीलाई आईपीओ जारी गर्दा नियमनकारी निकायहरुले पूरा गर्नुपर्ने भनी तोकेको सम्पूर्ण सर्तहरु पूरा गर्नका लागि आवश्यक परामर्श तथा उचित मार्गदर्शन प्रदान गर्दछ।

आइडियादेखि आईपीओ जर्नीलाई सफलतापूर्वक अगाडि बढाउन प्राइभेट इक्विटी/भेन्चर क्यापिटलको लगानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यस प्रकारको कोषले पुँजीको स्रोत जुटाइदिनेमात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पुर्याउनका लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ति, कम्पनीको ब्रान्डिङ, व्यावसायिक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतीहरुको सामना गर्नका लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नका लागि नवीनतम प्रविधिको प्रयोगका साथै कम्पनीको आक्रमक रुपमा व्यवसाय विस्तारका लागि सही समयमा आवश्यक पुँजी व्यवस्थापन गरिदिनेलगायतका कार्यहरु गर्दछ। यसका साथै क्यापिटलले प्राइभेट इक्विटी/भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्रका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। उक्त अनुमति प्राप्त भएपश्चात मात्र यो सेवासमेत सञ्चालन गरिनेछ। 

नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश कम्पनीहरुले पुँजी तथा आवश्यक प्राविधिक ज्ञान र सीपको अभावले गर्दा सम्बन्धित व्यवसाय सोचेअनुरुप विस्तार नभएको देखिन्छ। सोही कुरालाई मध्यनजर गर्दै एनआईसी एशिया क्यापिटलले पुँजीको अभावमा व्यवसाय विस्तार गर्न नसकिरहेका कम्पनीहरुलाई धितोपत्रको दोस्रो बजारमार्फत सर्वसाधारणमा सेयर जारी गर्ने व्यवस्था मिलाई थप पुँजी जुटाइदिने मुख्य उद्देश्यका साथ क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनाकालदेखि आईपीओ जारी गर्ने अवस्थासम्म पूरा गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रक्रिया तथा आईपीओ निष्कासनपश्चात गर्नुपर्ने सम्पूर्ण कार्यलाई एकीकृत कार्ययोजना बनाई IPO- Readiness Assessment Test (RATE) सेवा उपलब्ध गराएको छ। 

IPO- Readiness Assessment Test (RATE)

कुनै पनि कम्पनीहरुले सर्वसाधारण शेयर जारी गर्नुभन्दा पहिला नियमनकारी निकायहरुले तोकेका सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने हुन्छ। अर्थात कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानूनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा शेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ। यस्ता सर्तहरु कम्पनी/व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था/निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ। यस सेवा अन्तर्गत आईपीओ निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरु तथा आईपीओ जारी गर्नुभन्दा पहिला आउन सक्ने समस्या तथा चुनौतीहरुको सुष्म तरिकाबाट जाँच गरी उचित समयमा सही निर्णय लिन मद्दत गर्दछ। 

यस IPO- Readiness Assessment Test (RATE) प्रक्रियाबाट सम्बन्धित कम्पनीको रणनीति, इक्विटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोकेबमोजिमको मापदण्ड पूरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्याप÷कमी कमजोरीहरु सुधार गर्न सहयोग गर्दछ। सर्वसधारणमा सेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरी धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तर्राष्ट्रिय भ्यालुएसन मोडलको प्रयोग गरी सर्वसाधारणमा जारी गरिने सेयरको मूल्य निर्धारण गरिनेछ। 

उक्त अध्ययनअनुसार सम्बन्धित कम्पनीले उचित मूल्यमा आईपीओ जारी गर्दा पार भ्यालुमा मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मूल्यांककन गरी थप प्रिमियम वा बुक बिल्डिङ विधिबाट बिक्री गर्नसमेत सुझाव दिइनेछ। IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपीओ सेयर जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। 

IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको तत्तकाल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सहयोग गरिनेछ। यदि आईपीओमा जान नमिल्लने वा लामो समय लाग्ने देखिएका कम्पनीहरुलाई सेयर कारोबारका लागि ओटीसी मार्केटमा सूचीकरण गराउन आवश्यक सहयोग गरिनेछ। 

पोस्ट आईपीओ सेवा 

कुनै पनि कम्पनीले आईपीओमा सेयर जारी गरेपश्चात अर्थात पब्लिक कम्पनीहरुले नियमनकारी निकायहरुले तोकेबमोजिमको नियमित रिर्पोटिङ, सेयरधनी विवरण अध्यावधिक गर्नेलगायतका कार्यहरु नियमित गर्नुपर्ने भएकोले क्यापिटलले आफ्नो सेयर रजिस्ट्रार सेवाअन्तर्गत उक्त सम्पूर्ण सेवासमेत प्रदान गर्नेछ। 

यसका साथै उक्त IPO- Readiness Assessment Test (RATE) सेवासम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा ई–मेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्र्पक गर्न सकिनेछ।