काठमाण्डौ । सजिलो रेन्टलले नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ। ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन्। 

सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ। ‘परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपर्यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुन्छन्। मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरिएको हो’, कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्ज्वल)ले भने। 

सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिन्छ। कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाण्डौमा सेवा प्रदान गर्दै आइरहेको छ। 

यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले न्यूनतम ४ घन्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन्। सजिलो रेन्टलमार्फत सवारीधनीले सहज र सरल ढंगबाट आफ्नो आम्दानी बढाउन सक्छन्।

सञ्चालनमा आएको १ वर्षमा नै कम्पनीले नेपालभरी करिब २ हजार ५०० गाडीहरुबाट सेवा प्रदान गरिरहेको छ। विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृतिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको छ। 

एन्ड्रोइड फोनका प्रयोगकर्ताले गुगल प्ले तथा आइफोनका प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट सजिलो रेन्टल एप डाउनलोड गरी सेवा सुरु गर्न सक्छन्। काठमाण्डौको पुतलीसडकमा कार्यालय रहेको सजिलो एपको उपलब्ध गराइएको मेसेन्जरबाट पनि सीधै सवारीसाधन बुक तथा जानकारी लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।