काठमाण्डौ । नेपाली बजारमा गुडइयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ ।

विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो । 
भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको कारोबार आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ ।

दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले बताएको छ । गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ ।

सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ । गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । 
विशेष गरी टायर, ट्युव तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको कम्पनीले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो । कम्पनीका निर्देशक बिक्रम सिंघानियाले विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।