काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ। यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो। 

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउन्टरहरुबाट सहज रुपमा उपलब्ध हुनेछ। यसबाट नगद झिक्नका लागि चेक तथा एटीएम कार्ड बोक्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले जनाएको छ। 

बैंकले सञ्चालनमा ल्याएको यस नवीनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ।