काठमाण्डौ । ग्लोबल बिजनेस ग्रुपअन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ।
काठमाण्डौमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालका लागि शंकर इन्टरनेसनल प्रालि एकमात्र आधिकारिक बिक्रेता भएको जनाएको छ। नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुईवटा भेरिएन्ट उपलब्ध छन्। ६.६७ इन्च डिसप्ले र हेलियो जी–८५ गेमिङ प्रोसेसरजडित उक्त फोन दैनिक उपयोगका लागिमात्र नभएर गेमिङका लागि पनि उत्कृष्ट फोन भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
इन नोट–१ को दुईवटै फोनमा ब्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ। ४ जीबी र्याम र ६४ जीबी रोम भएको इन नोटको बजार मूल्य १९ हजार ९९० रुपैयाँ रहेको छ भने ४ जीबी र्याम र १२८ जीबी रोम भएको इन नोट–१ को बजार मूल्य २१ हजार ४९० रुपैयाँ रहेको छ।
कम्पनीका बिजनेस हेड प्रतीक सवार्थियाले माइक्रोम्यास मोबाइल चाँडै नै नेपाली बजारमा उत्कृष्ट ब्रान्डमा दरिने विश्वास व्यक्त गरेका छन्। भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपालभर चाँडै नै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको बिस्तार गर्ने पनि जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19