काठमाण्डौ । नेपाली सेनाले ठूलो सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय खुला तथा समावेशी प्रतिस्पर्धाबाट कुल ४ हजारजनाका लागि सैन्य पदमा दरखास्त खुलाएको हो। कुल संख्यामध्ये खुलातर्फ २ हजार ९६ कोटा छुट्याइएको छ।
यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका सन्ततीतर्फ १०८, महिलातर्फ ३६०, आदिवासी जनजातितर्फ ५७३, मधेसीतर्फ ५०५, दलिततर्फ २७३ र पिछडिएको क्षेत्रतर्फ ८५ कोटा छुटाइएको छ।
इच्छुक उम्मेदवारले नेपाली सेनाले तोकेको विभिन्न भर्ना केन्द्रमा आज भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुर तिरी असोज २४ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।
भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी, उत्तरतर्फको खेल मैदान र अन्य भर्ना केन्द्रहरुको हकमा तोकिएका सम्बन्धित भर्ना केन्द्रहरुबाटै दरखास्त दिन सकिनेछ।
सैन्य पदका दरखास्त दिन न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ।
थप जानकारीका लागि तलको सूचनामा हेर्नुहोस् –
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19