काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आहवान गरेको हो। सैन्य पदमा कुल ४ हजारजना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।
सैन्द पदमा खुलातर्फ २ हजार ९८ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततीतर्फ ११० जना, महिलातर्फ ३५८ जना, आदिवासी/जनजातितर्फ ५७२ जना, मधेसीतर्फ ५०५ जना, दलिततर्फ २७२ जना र पिछडिएको क्षेत्रतर्फ ८५ जनाका लागि भर्ना खुलाइएको छ।
इच्छुक उम्मेदवारले आउँदो वैशाख १६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी वैशाख १७ गतेसम्म दरखास्त दिन दिन सकिनेछ।
कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन्। उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ।
थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19