काठमाण्डौ । जीओ अटोमोबाइल्स् प्रालिले २०२२ संस्करणको २.० लि. सिंगल टर्बो र बाई–टर्बोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्र्याएको छ। फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाइएको पिकअप ट्रकमध्ये एक हो। यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपका रुपमा संसारभर ख्याति कमाएको छ।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा–अन रोड होस् या अफ रोड एक आनन्ददायी सवार प्रदान गर्नेमा विश्वस्त छन्। यसको अविश्वसनीय अफ–रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने विश्वास लिइएको छ।

ट्रान्समिसन : ६ र १० एटी स्पिड ट्रान्समिसन

नेक्स्ट–जेन रेन्जर ६–स्पिड र १०–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन्। हालको रेन्जरमा रहेको जस्तै ६–स्पिड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो। यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ। नेक्स्ट–जेन रेन्जरको १०–स्पिड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ। यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचाजस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन्। जसले गर्दा टोइङ वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राइभिङको अनुमति दिन्छ। यसमा रहेको इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ–रोड ड्राइभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ। रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरुमध्ये यसमा मात्र रहेको छ।

अटो ट्रान्समिसन गियर सिफ्ट र इलेक्ट्रिक पार्किङ ब्रेक

रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ। जसमा पी, आर, एन र डी गियरहरु स्पोर्ट मोडका लागि बटनहरु छन्। जहाँ चालकहरुले व्यक्तिगत गियरहरु रोज्न सक्छन्। इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ। यो सुविधा मध्यम पिकअप गाडीहरुमा सबैभन्दा उत्कृष्ट फिचर हो।

सेलेक्टेबल ड्राइभ मोडहरु

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल इको, टो–हौल र स्लिपरी, मड–रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरु छन् । यी मोडहरुले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरु, एबीएस र थप सबै कुरामा समायोजन गर्दछ।

न्यु सिंक डिस्प्ले र बटन लेआउट

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रिन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ। तपाइँले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक एसी छनौट गर्न सक्नुहुनेछ। एउटा डायल थिची तपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ता कि गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस्। यसको सरल लेआउटले अन्य फिचरहरु पनि सजिलै चलाउन सकिन्छ।

वाटर वेडिङ

नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ। नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राइभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडि दुवैतर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ। 

अन्डरबडी प्रोटेक्सन

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरु सुरक्षित गर्न मद्दत गर्छ।  नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरुमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरु रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ। प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ। ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ। यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ।  

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरका लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलका लागि १ लाख ५ हजार ९० रुपैयाँ, एक्सएलटीका लागि १ करोड १९ लाख ९० हजार रुपैयाँ र वाइल्डट्रयाकका लागि १ करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ।