काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसिपको २५ वर्षः बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ। 

सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएकोले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेको छ। ८ लाखभन्दा बढी नेपाली ग्राहकको मन जित्न सफल बजाजका बाइकहरु पनि नेपालमै असेम्बल हुने गरेका छन्। नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु एसेम्बल गर्दै आएको छ। 

विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ। 

त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरु स्थापित गर्दै आएको छ। मोटरसाइकल र तीनपांग्रे अटोलगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताहरुको आवश्यकताअनुसारको सवारी साधनहरु रहेका छन्।

उक्त अवसरमा बोल्दै हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ  वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ। आफ्नो स्थापनाकालदेखि आजसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौँ र हामीले जे हासिल गरेका छौँ। त्यसमा मलाई निक्कै गर्व छ। हाम्रा कर्मचारीहरु र डिलरहरुको कडा परिश्रम र समर्पण एवं हाम्रा ग्राहकहरुको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु।’

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ। उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरु, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्तामैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन्। नवीनता, गुणस्तर र सुपथ मूल्यजस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ।

यसका साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नववर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ। जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताले २५% सम्म डाउन पेमेन्ट, रु. १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन्।