काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।
यस चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिनेछ।
सेलपेबाट भोट गर्ने तरिका
- सेलपे एप गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस्।
- सेलपेमा Sign up गरी KYC Fill up गर्नुहोस्।
- KYC Verifiy भैसकेपछि आफ्नो बैंक खाता Link अथवा Wallet लोड गरी भोट गर्न सक्नु हुनेछ।
- सेलपेबाट Vote गर्नका लागि सेलपेमा Sign in गरी Voting Icon मा Click गर्नुहोस्।
- आफूलाई मन पर्ने Contestant को Profile मा Click गरीे इच्छाइएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस्।
- Payment Option मा आफ्नो Link गरिएको बैंक खाता वा Wallet चयन गरी Payment Confirm गरीे आफ्नो ६ डिजिट पिन टाइप गर्नुहोस्।
- तपाईंले गर्नुभएको भोट सफल भएपछि Voting Successful भएको Notification पाउनु हुनेछ।
- तपाइँले एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ।
श्रृष्टिबाट भोट गर्ने तरिका
- श्रृष्टि एप गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस्।
- Google वा Facebook Icon Click गरी Sign in गर्नुहोस्।
- Sign in गरी Home Page मा भएको Nepal Idol Season 4 Banner मा Click गर्नुहोस्।
- Vote Now मा Click गरीे आफुलाई मन पर्ने Contestant को Profile मा गएर इच्छाइएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस्।
- Screen मा सोधिएको आवश्यक विवरणहरुभरि Proceed मा Click गर्नुहोस।
- तपाईले गर्नुभएको भोट सफल भएपछि Voting Successful भएको Notification पाउनु हुनेछ।
- तपाइँले Watch Ad हेरेर एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ।