काठमाण्डौ । नेपाल पे का ग्राहकहरुले अब  नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छूट पाउने भएका छन् ।

उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा आगामी माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुनेछ ।
बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छूटसँगै थुप्रै आकर्षक पुरस्कारहरु रहेको कम्पनीले बताएको छ ।

जाडो मौसमलाई ध्यानमा राख्दै बिगमार्टले ल्याएको उक्त winter offer हाल बिगमार्टको ८१ वटाभन्दा बढि स्टोरहरुमा उपलब्ध छन् ।

बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको DYNAMIC QR  स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिने पनि कम्पनीले बताएको छ ।  
 

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ,वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी  नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।